काठमाडौं – काठमाडौं उपत्यकामा भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गते शुक्रबारदेखि भदौ ६ गते आइतबारसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने भएको हो ।

काठमाडौंमा १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई पनि शुक्रबारदेखि नै खोप दिइने भएको छ । उनीहरुका लागि खोप केन्द्रहरु यी हुन्ः सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क, निजामति कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल थापाथली, शिक्षण अस्पताल महाराजगञ्ज, र काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र सहित अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्रमा खोप लगाइनेछ ।
हेर्नुहोस् विज्ञप्ति :