काठमाडौं – सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिले विरेन्द्र वैदवार क्षेत्रीलाई ४ वर्षको लागि पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सिद्धार्थ इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरी कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएका वैदवारलाई पुनः दोस्रो कार्यकाल चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी भारतीय बीमा संस्थानबाट ‘एफआइआइ’ उपाधी हासिल गर्नुभएका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । उहाँलाई संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रशासकको रुपमा समेत चिनिन्छ ।