काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि चार सय रुपैयाँले घटेर ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।