काठमाडौं – संविधानसभा सदस्य महेन्द्र शेरचनको निधन भएको छ । केही दिनदेखि कोरोना सङ्क्रमणले थलिनुभएका शेरचन बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत रहँदै आउनुभएको थियो ।

उपचारकै क्रममा हिजो राति साढे ७ बजे उहाँको अस्पतालको बेडमा प्राण गएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ राजधानी दैनिकका प्रकाशक एवं अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँका तीन छोरा, एक छोरी र श्रीमती छन् । शेरचन एमालेबाट समानुपातिक सभासद बन्नुभएको थियो ।