काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य दुई सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा हिजो छापावाला सुनको मूल्य तोलाको ९१ हजार थियो । आज दुई सय रुपैयाँले बढेर तोलामा ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज बजारमा तेजाबी सुनको मूल्य पनि तोलमा दुई सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा भने समान्य गिरावट आएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार २ सय पाँच रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।