काठमाडौं – रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १ गते, मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ । कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो ।

611c92be047f1.JPG