काठमाडौं – पहिरोका कारण बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आज बिहानैदेखि पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरूङ मार्ग बन्दै गरेको खत्रीपौवा भन्ने क्षेत्रमा पहिरो खसेको थियो । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरूद्ध भएपछि नागढुङ्गा– नौबिसे सडकमा जाम भएको थियो ।