काबुल– अफगानिस्तानलाई तालिवानले कब्जामा लिएपछि अब त्यहाँको स्थिति के हुन्छ भन्नेमा अन्तर्राष्ट्रिय रुपमै सबैको ध्यान केन्द्रीत भएको बेला तालिवानका सह–संस्थापक नेता मुल्लाह अब्दुल गनी बरादर देश फर्किएका छन् । उनी कतारको दोहाबाट फर्किएका हुन् । उनी अफगानिस्तान आइपुगेपछि अब त्यहाँ उनको नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने आङ्कलन गरिएको छ ।


केही समयदेखि कतारको राजधानी दोहामा रहेका मुल्लाहले अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको नेटोका सैनिकहरु फिर्ता गर्ने विषयमा अमेरिकासँग वातामा लागि दोहा पुगको थिए । तालिवानी विद्रोहीले एक पछि अर्कोगर्दै अन्तत चारदिन अघि आइतबार राजधानी काबुललाई नियन्त्रणमा लिएपछि मुल्लाह अब्दुल अफगानिस्तान फर्किका हुुन् । अब उनकै नेतृत्वमा सार्क सदस्य राष्ट्र अफगानिस्तानमा नयाँ सरकार निर्माण हुनेछ । दोहाबाट कान्दाहर पुगेका उनलाई तालिवानीहरुले उनको समर्थनमा नाराबाजी गर्दै स्वागत गरेका थिए । कान्दाहरलाई तालिवानीहरुको मुख्य केन्द्रको रुपमा लिने गरिन्छ । दुई दशक अघि अमेरिकी नेतृत्वको सैन्य अभियानले सत्ताबाट हटाउनु पूर्व कान्दाहर तालिबानको महत्वपूर्ण आधार क्षेत्र थियो ।


दुई दशक पछि पुनः अफगानिस्तानको नेतृत्व गर्न आएको तालिवानले आफुलाई केही प्रगतिशिल देखाउन खोजेको छ । मुस्लिम अतिवादी कट्टरपन्थीका रुपमा चिनिएको तालिवानले महिलाहरुमाथि विगतमा गरेको प्रतिवन्धलाई केही खुकुलो पार्ने बताउँदै आएको छ । सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहँदा तालिबानले शरिया कानून लागु गरेर इस्लामिक कानूनको कडा व्याख्या गर्दै गम्भीर दण्डको व्यवस्था गरेको थियो । उसले २० वर्ष अघि सत्तामा रहँदा महिनाहरुले पुरै शरीर छोपिने गरी बुर्काले ढाक्नु पर्ने, १० वर्षभन्दा माथिका केटीहरुले विद्यालयमा पढ्न जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो । तर, अहिले उसले महिलाहरुलाई काम गर्न छुटदिने भन्दै महिलाहरुको अधिकारलाई सुरक्षित गर्ने बताएको छ ।


तालिवानी प्रवक्ताले महिलाहरुलाई काम गर्न छुट दिइने बताएका हुन् । तर केही प्रतिबन्ध र नियमहरु भने लागु हुने बताएका थिए । उनले भने, ‘हामी महिलाहरुलाई हाम्रो फ्रेमवर्क भित्र रहेर काम गर्न तथा पढ्न दिने छौँ । महिलाहरु हाम्रो समाजमा निकै सक्रिय हुने छन् ।’ तर उनले महिलाको लुगाका सम्बन्धमा हुने कुनै कुरा बताएनन् । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको सम्मान हुने तालिबानले जनाएको छ ।तालिबानको शासनमा महिलाहरुको अवस्था नाजुक बन्ने र अधिकारहरु खोसिन सक्ने भन्दै अधिकारवादी समूहहरुले चिन्ता व्यक्त गरेका छन् ।


तालिानले यस अघि अफगानिस्तानमा आममाफीको घोषणा गरेर आफ्नो सरकारमा महिलाहरु सामेल हुन् भन्ने चाहेको बताएको थियो । तालिबानले अफगान र अन्तर्राष्ट्रिय समुदायको मन तथा विश्वास जित्नका लागि उच्च तहको प्रचार अभियान चलाइरहेको विश्लेषकहरुले बताएका छन् । तालिबानको पछिल्ला सन्देशहरुप्रति अफगानिस्तान भित्र मिश्रित अवधारणा देखिएको छ । काबुलकी एक महिलाले टेलिभिजन मुजाहिद बोलेको हेरे पनि उनले भनेका कुरामा विश्वास नलागेको बताएकी छन् । अर्की एक महिलाले तालिबानको कानूनमा पढ्न र काम गर्न आफूलाई स्वीकार्य नरहेको बताएकी छन् । तर अर्की महिलाले भने आफ्ना लागि पढ्न तथा काम गर्न पाउनु रेड लाइन रहेको र अहिलेसम्म तालिबानले सो रेडलाइन पार नगरेको बताएकी छन् ।