काठमाडौं – कमनवेल्थ गेम्स फेडेरेसनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पहिलो महिला नियुक्त हुनुभएको छ । न्युजिल्याण्डकी केटी साड्लर कमनवेल्थ गेम्सकी पहिलो सीईओ हुनुहुन्छ । फेडेरेसनले हिजो मङ्गलबार सीईओमा केटीलाई नियुक्त गरिएको जनाएको छ ।

केटी कमनवेल्थ गेम्सको सीईओ नियुक्त हुने पहिलो महिला हुनुहुन्छ । ५७ वर्षिया केटी हाल विश्व रग्बी अन्तर्गत महिला रग्बीको महाप्रबन्धक रहनु भएको छ । अब केटी सन् २०२२ को कमनवेल्थ गेम्समा सीईओको भूमिकामा देखिने हुनुभएको छ ।