काठमाडौं – सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भइ मुत्यु भएकोले उहाँको हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो ।

बीमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गर्नुभएको हो । मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता खोल्नुभएको थियो ।

सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजारसम्मको स्वास्थ बीमा र ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकले देशका सातै प्रदेशमा १ सय ४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. सञ्चालन गर्दै अइरहेको छ ।