काठमाडौं – सिभिल बैंकले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै सर्वाधिक ब्याजदरको वरिष्ठ बचत खाता ल्याएको छ । यो खातामा ५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार राखी खोल्न सकिने बैंकले जनाएको छ । बचत खातामा वार्षिक ६ दशमलव ०५ प्रतिशतको ब्याजदर प्रदान गर्नुका साथै ब्याजको भुक्तानी मासिक रूपमा प्रदान गरिने छ ।

विशेष सेवाअन्तर्गत रकम राख्न र झिक्न बैंकले घर दैलो सेवा पनि उपलब्ध गराउने छ । विद्यमान कोरोना सङ्क्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने बैंकले जनाएको छ ।