अपी पावर कम्पनीले ट्रेड टावरस्थित आफ्नो प्रधान कार्यालय थापाथलीमा भदौ २५ गतेकालागि अठारौँ वार्षिक साधारण सभा डाकेको छ। डिजिटल माध्यमको प्रयोगगरी सञ्चालन गरिने भनियको उक्त सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर वितरण गर्ने, सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेगरी तयागरेको छ।

साधारणसभाको मिती तय भयसंगै कम्पनीले भदौ १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने मिती तय गरेको छ। कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नकालागि भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ शेयर लिइसक्नु पर्ने छ।