काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बिस्तारै उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य पनि हिजोको तुलनामा थप ४ सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि एक हजार २ सय १० रुपैयाँ प्रतितोला मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।