तस्बिरः बीबीसी

काबुल-तालिबान अर्थात “विद्यार्थीहरू”।पाश्तो भाषामा तालिबान भन्नाले विद्यार्थीहरू भन्ने अर्थ लाग्छ। तिनै अफगान विधार्थीहरु मध्यका समुह जो पहिले मदरसाहरूमा अध्ययन गर्दथे अहिले लडाकु समुहमा परिणत भएका छन। अफगानिस्तानबाट सोभियत सेना फिर्किएपछी सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो। सुरुवति चरनबाटै तालिबानले सुन्नी इस्लामको कट्टर समर्थक राष्ट्र साउदी अरबबाट आर्थिक सहयोग पायो।

तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति(सुरक्षा पुनर्स्थापित गर्ने इस्लामीक धार्मिक कानुन शरिया लागु गर्ने वाचा गर्दै दक्षिण-पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्यो।सोभियतहरूलाई धपाएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।

सन् १९९५ को सेप्टेम्बरमा तालिबानले इरानसँग सीमाना जोडिएको हेरात प्रान्तमाथि कब्जा गर्यो। त्यसको ठिक एक वर्षपछि सन् १९९६ को सेप्टेम्बर अन्त्यमा उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे। सन् १९९८ सम्म आइपुग्दा तालिबानहरूले लगभग अफगानिस्तानको ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे।

भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूको लोकप्रियता झनै बढ्दै गयो। तर अफगानिहरुले तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने जस्तै, हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने नियमलाई समर्थन गरे।

उनीहरूको शासनकालमा महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो त्यसैगरि पुरुषले दाह्री पाल्नुपर्थ्यो।तालिबानहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान प्रतिबन्ध लगइदिए ।

तालिबान सत्तामा रहेका बेला उनीहरूलाई साउदी अरब,संयुक्त राज्य एमिरेट् र पाकिस्तानले मान्यता दिएका थिए। एउटा बिन्दुमा तालिबानले आफूले नियन्त्रण गरेको पश्चिमोत्तर क्षेत्रबाट पाकिस्तानलाई अस्थिर तुल्याउने धम्की दियो।धम्कीसंगै पाकिस्तानले तालिबान समूहसँग कूटनीतिक सम्बन्धविच्छेद गरेको थियो ।

मु्स्लिम राष्ट्रहरुमा द्वन्द्व चर्किनुको पछाडि अमेरिका र उसका साझेदार देशहरुको हात रहेको छ भन्ने अल-कायदाको ठम्याई थियो। यसैको प्रतिशोध स्वरुप अल(कायदाले सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकाको न्यूयोर्कस्थि वर्ल्ड ट्रेड सेन्टरमा आत्माघाति हमला गर्यो।उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना थियो।

वर्ल्ड ट्रेड सेन्टरमा सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान तालिबानतर्फ तानिएको थियो। उक्त्त हमलाका मुख्य योजनाकार ठानिएका ओसाम बिन लादेन र उनको सङ्गठन अल-कायदालाई संरक्षण गरेको आरोप तालिबानमाथि लाग्यो।त्यस बेला अफगानिस्तानमा शासन गरिरहेको कट्टरपन्थी इस्लामिक समूह तालिबानले बिन लादेनलाई अमेरिकी पक्षलाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो।

सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्यो। उक्त मिशन अफगानिस्तानलाई आतङ्कवादी उद्देश्यका लागि प्रयोगको हुन नदिन र तालिबान सत्ताको सैन्य क्षमता ध्वस्त पार्न सञ्चालन गरिएको थियो।

आक्रमणमा अन्य मुलुकहरू पनि संलग्न भएपछि तालिबान सत्ताबाट बाहिरिएको थियो। सोहि बर्ष डिसेम्बर महिनाको पहिलो सातासम्ममा तालिबानहरू अमेरिकि हमलाको सामु परास्त भए।अमेरिकासंगको हारपछी उक्त समूहका लडाकुहरू पाकिस्तानतर्फ भागेका थिए।

सन् २००४ मा अफगानिस्तामा अमेरिकाको समर्थन रहेको सरकार बन्यो। तर पाकिस्तानको सीमानजिक रहेका क्षेत्रमा तालिबानको प्रभाव भने कायमै रह्यो। तालिबानका कैयौँ वरिष्ठ नेताले पाकिस्तानको क्वेटा सहरमा आश्रय लिए जहाँबाट उनीहरूले सो समूहलाई परिचालन गरे।
ठूलो सङ्ख्यामा विदेशी फौजको उपस्थितिबीच तालिबानले बिस्तारै संगठन सुदृढ पार्दै गयो र आफ्नो प्रभावलाई क्रमिक रूपमा विस्तार गर्दै लग्यो।

तालिबानमाथि विभिन्न मानवाधिकार उल्लङ्घन र सांस्कृतिक दुर्व्यवहारका आरोप छन्। तीमध्ये एउटा नराम्रो उदाहरण भनेको अन्तर्राष्ट्रिय निन्दाबीच सन् २०११ मा उनीहरुले मध्य अफगानिस्तास्थित प्रसिद्ध बुद्धको प्रतिमा ध्वस्त पार्नु हो। त्यसै गरि उनिहरुले २०१२ को अक्टोबरमा विधालयबाट घर फर्कदै हरेकि एक स्कुले छात्रा मलाला युसुफजईमाथि हमला गरेका थिए। सन् २०१२ को सेप्टेम्बरमा उनीहरूले काबुलमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको एउटा शिविरमा कारबाही गर्नुका साथै अन्य थुप्रै आक्रमणहरु गरे।

तालिबान समूहले कतारमा कार्यालय खोल्ने योजना घोषणा गरेपछि सन् २०१३ मा शान्ति वार्ताको आशा पलायो तर सबै पक्षबीच अविश्वासको वातावरण कायमै रह्यो र हिंसाले निरन्तरता पाइरह्यो। सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह महसुदसहित कम्तीमा तीन जना मारिए।

सन् २०१५ को अगस्टमा तालिबान समूहले मुल्लाह ओमारको मृत्यु भएको कुरा दुई वर्षभन्दा बढी समय लुकाएको स्वीकार गर्यो। अस्वस्थताका कारण पाकिस्तानस्थित एउटा अस्पतालमा उनको मृत्यु भएको बताइन्छ। त्यसको अर्को महिना तालिबानले आन्तरिक किचलोलाई पाखा लगाउँदै समूहका नयाँ नेता मुल्लाह मन्सुरलाई स्वीकार्यो ।मुल्लाह मन्सुर मुल्लाह ओमारका सहायक थिए। लगभग सोही समयमा तालिबानले सन् २००१ को पराजयपछि पहिलो पटक एउटा प्रान्तीय राजधानीमाथि नियन्त्रण कायम गर्यो। त्यो थियो रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको कुन्दुज सहर। मुल्लाह मन्सुर सन् २०१६ को मे महिनामा एउटा अमेरिकी ड्रोन हमलामा मारिए। त्यसपछि समूहका नेता मौल्वी हिबातुल्लाह अखुन्दजादा भए।

सन् २०१४ मा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो अन्तर्गतका विभिन्न देशका सेना अफगानिस्तानबाट फर्किए। त्यसले तालिबानलाई एक किसिमको ऊर्जा दियो। सन् २०१८ मा तलिबान समूह अमेरिकासमर्थित शान्तिवार्तामा प्रवेश गर्यो र सन् २०२० को फेब्रुअरीमा दुई पक्षबीच कतारको दोहामा एउटा शान्ति सम्झौता भयो।शान्तिसम्झौताले अफगानिस्तानबाट अमेरिकी फौजको फिर्ती र तालिबानले उनीहरूमाथि आक्रमणहरू नगर्ने प्रतिबद्धता जनायो।

सम्झौतामार्फत् गरिएका अन्य प्रतिबद्धतामा तालिबान नियन्त्रित क्षेत्रहरूमा अल-कायदा अथवा अरू समूहलाई सञ्चालनमा आउन नदिने र राष्ट्रिय शान्तिवार्ताको प्रक्रियालाई अगाडि बढाउने कुरा आघि बढाइयो। तर त्यसयता तालिबान लडाकुहरूले अफगान सुरक्षा फौज र सर्वसाधारण नागरिकलाई तारो बनाउने क्रम जारी राखे।

फेब्रुअरी २०२० को अमेरिका तालिबान शान्ति सम्झौतापश्चात् तालिबान समूहले आक्रमणको रणनीति बदलेर आघि बढ्यो। उनीहरूले सहर तथा सैनिक संरचनाहरूमा जटिल आक्रमण गर्नुभन्दा लक्षित हमला गर्न थालेको देखिन्छ जसले सर्वसाधारण नागरिकलाई आतङ्कित बनाएको छ। लडाकुहरूले पत्रकार, न्यायाधीश, शान्ति अभियानकर्मी र शक्तिमा रहेका महिलालाई निसाना बनाउदै आएका छन्।

त्यसले तालिबानहरूले आफ्नो अतिवादी सिद्धान्त नभई रणनीति मात्रै परिवर्तन गरेको देखाउँछ। अन्तर्राष्ट्रिय समर्थनबिना सरकारको कमजोर अवस्थालाई लिएर अफगान अधिकारीहरूको गम्भीर चिन्ताबीच अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्ममा अमेरिकी फौजको फिर्ती प्रक्रिया टुङ्ग्याउने घोषणा गत एप्रिलमा गरेका थिए।
दुई दशक लामो युद्धपछि अमेरिकाले आउंदो सेप्टेम्बर ११ तारिखसम्ममा अमेरिकि सेना फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहेका बेला तालिबानले आफ्नो नियन्त्रण बढाउँदै देश्का मुख्य शहर सहित राजधानि काबुल काब्जा गर्यो।तालिबानले राजधानि काबुल काब्जा गरेसंगै अफगानी राष्ट्रपति असरफ घानीले आइतबार साँझ देश छाडेका छन्। राष्ट्रपति घानीलाई सत्ताच्यूत गरेसंगै तालिवानी विद्रोहीले आफ्नो नेतृत्वमा नयाँ सत्ता घोषणा गरी आफगानिस्तानलाई ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तयारी गरेका छन।