प्रतिकात्मक तस्वीर

काठमाडौं – कम्बोडिया पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका १ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा ६ जना व्यक्तिबाट ३९ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।