काठमाडौं – साताको दोस्रो दिन आज शेयर कारोबार बजार करिब ६ अङ्कले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अङ्कमा पुगेको हो । नेप्सेपरिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५६ अङ्कले बढेको छ ।
सेयर कारोबार रकम भने १६ अर्ब पनि पुगेन । यस अघि आइतबार नेप्से परिसूचक २४ अङ्कले घट्दा २१ अर्ब नाघेर सेयर कारोबार रकमले नयाँ इतिहास बनाएको थियो । आज सोमबार १ लाख ५९ हजार ९३ कारोबारबाट १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँ पुगेको छ ।