काठमाडौं – सनराइज बैंकको नाफा डेढ अर्ब नाघेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सनराइजको नाफा १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । कोरोना भाइरसको महामारीले समग्र क्षेत्रमा प्रभाव पारे पनि बैंकिङ्ग क्षेत्रले भने नाफा कमाउन सफल भएको छ । सनराइजको नाफा अघिल्लो वर्षको भन्दा १० दशमलव ५५ प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ दशमलव ७७ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा १८ दशमलव ९१ प्रतिशतले बढेको छ ।

बैंकको निक्षेप सङ्कलन १७ दशमलव ९६ प्रतिशतले घट्दा कर्जा लगानी भने २४ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ दशमलव ७७ प्रतिशतले घट्दा सञ्चालन नाफा १८ दशमलव ९१ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ २६ पैसा पुगेको बैंकले जनाएको छ ।