काठमाडौं – ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब माथि मूनाफा कमाएको छ । दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद मूनाफा कमाएको हो ।

यो भन्दा अघिल्लो वर्ष यस बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सेयर पुँजी ४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ९ दशमलव ४७ प्रतिशतले बढाएको यस बैंकको निक्षेप २६ दशमलव ४३ प्रतिशत र कर्जा २० दशमलव २६ प्रतिशतले बढेको छ । बैंकको निस्कृय कर्जा पनि १ दशमलव ७६ बाट घटेर १ दशमलव ४२ प्रतिशतमा झरेको छ । बैंकको प्रति शेयर आम्दाी (ईपीएस) पनि बढेर १५ दशमलव ३३ रुपैयाबाट १९ दशमलव ०८ रुपैयाँमा पुगेको छ ।