काठमाडौं – यूनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औँ वार्षिक साधारणसभा आज सोमबार भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ । कम्पनीको २७ औँ वार्षिक साधारणसभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचिहरु पारित गरेको कम्पनीले जनाएको छ ।

यस्तै आर्थिक वर्ष ०७७/०७८ को असार मसान्तसम्मको नाफानोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणको जानकारी समेत दिएको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष ०७७/०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१ दशमलव २५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३ सय प्रतिशत भन्दा बढीले वृद्धि गर्न सफल भएको जानकारी दिएको छ ।