काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।