काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति करिब २ बजेतिर बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षकी रेनुका कुलुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनुभएको उहाँको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा ज्यान गएको हो । बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ भने तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।