इन्डियन आइडल सिजन १२ को उपाधि पवनदीप राजनले जितेका छन् । गए राति इन्डियन आइडल–१२ को ’ग्रान्ड फिनाले’ भएको थियो । त्यसैक्रममा पवनदीपले अन्य पाँच प्रतिष्पर्धीलाई पाराजित गर्दै उपाधि जितेका हुन् । फाइनलमा ६ प्रतिष्पर्धी थिए । पवनदीपका साथै अरुणिता काञ्जिलाल, सायली काम्बले, मोहम्मद दानिश, निहाल तथा शनमुखाप्रिया फाइनलमा पुगेका थिए ।

फाइनलका प्रतिष्पर्धीमध्ये अरुणिता दोस्रो भइन् । सायली काम्बले तेस्रो, मोहम्मद दानिश चौथो, निहाल पाँचौँ तथा शनमुखाप्रि छैठौँ स्थान हासिल गर्न सफल भएका छन् । उपाधि जितेसँगै पवनदीपले ट्रफी सहित २५ लाख भारतीय रुपैयाँ तथा एक कार जितेका छन् ।