काठमाडौं – नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३० दशमलव ०६ प्रतिशत बढेर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आ.व.को सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १० दशमलव ६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १९ दशमलव ७४ प्रतिशत बढेर १ अर्ब ४८ करोड ७१ लाख ११ हजार रुपैयाँ, सञ्चालन मुनाफा २६ दशमलव ३५ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ३६ दशमलव २९ प्रतिशत बढेर ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा २४ दशमलव ३२ प्रतिशत बढेर ११ अर्ब ३४ करोड ३३ लाख ८८ हजा रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्ता पूँजी ३७ दशमलव ११ प्रतिशत बढेर १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, जगेडा कोष २३ दशमलव ६४ प्रतिशत बढेर १५ अर्ब २ कोड २७ लाख २८ हजार रुपैयाँ, निक्षेप १७ दशमलव १२ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ र कर्जा ३३ दशमलव ८१ प्रतिशत बढेर १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४ पैसा छ । बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४० दशमलव ६९ गुणा रहेको छ ।