फाइल तस्वीर

काटमाठौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमा भारतीय समकक्षी मोदीलाई ‘मेन्सन’ गरी आज बधाई तथा शुभकामना दिनुभएको हो ।
“भारतको ७५ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई बधाई,” प्रधानमन्त्री देउवाले अङ्ग्रेजीमा ट्वीट गर्दै लेख्नुभएको छ, “उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना ।”