काठमाडौं – हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २० दशमलव ३७ प्रतिशत बढेर १० करोड २७ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ करोड ५३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनी खुद बीमा शुल्क आर्जन १३३ दशमलव ४४ प्रतिशत बढेर १ अर्ब ९३ करोड ५९ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन ८२ करोड ९३ लाख १३ हजार रुपैयाँ गरेको थियो । असार मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन १३४ दशमलव ०६ प्रतिशत बढेर १ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८३ करोड ८७ लाख रुपैयाँ गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । तर अब आईपीओ निष्सकान गरिसकेकाले चुक्ता पूँजी २ अर्ब पुगेको छ । कम्पनीको जगेडा कोष १०३ दशमलव ०८ प्रतिशत बढेर २४ करोड ७७ लाख ६५ हजार रुपैयाँ र जीवन बीमा कोष १२१ दशमलव ०६ प्रतिशत बढेर २ अर्ब १० करोड २० लाख ३७ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा २०१ दशमलव २७ प्रतिशत बढेर १ अर्ब ५२ करोड १४ लाख ९८ हजार रुपैंयाँ, व्यवस्थापन खर्च ७९ दशमलव ९६ प्रतिशत बढेर ३ करोड ८१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
लगानी, कर्जा तथा अन्य आय ७९ दशमलव ८१ प्रतिशत बढेर १३ करोड ५१ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीको गत असार मसान्तसम्म दाबी भुक्तानी ३२ दशमलव ८७ प्रतिशत बढेर १० करोड १३ लाख ३७ हजार रुपैयाँ गरेको छ । अभिकर्ता कमिसन १२३ दशमलव ३२ प्रतिशत बढेर ३४ करोड ४७ लाख ९ हजार रुपैयाँ गरेको छ । समिक्षा अवधिमा कम्पनीको कुल बीमा लेख संख्या ४० दशमलव ६२ प्रतिशत बढेर ३ करोड ८२ लाख ७५ हजार गरेको छ ।