फाइल तस्वीर
बुटवल – लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । आगामी मङ्गलबार अर्थात् भदौ १ गते दिउँसो १ बजेका लागि ९ औं अधिवेशन आह्वान गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबारमात्रै प्रदेशसभा विशेष अधिवेशन अन्त्य गर्नुभएको थियो ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ ।

साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कुलप्रसाद केसीले प्रदेश सभाबाट भदौ १ गते वा २ गतेसम्म विश्वासको मत लिने भन्ने तयारी भइरहेको छ । मुख्यमन्त्री केसीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।