फाइल फोटो

काठमाडौं– नेपालमा कोरोनाको सङ्क्रमण दर उकालो लागेसंगै बेलायतले नेपाललाई रेड लिस्टमा यथावत राख्ने निर्णय गरेको छ। त्यसैगरी भारतलाई भने बेलायतले रेड जोनको सुचिबाट हटाउने निर्णय गरेको बेलायतले बिहिबार सार्वजनिक गरेको नयाँ कोभिड प्रोटोकलको सूचीमा नेपाललाई रेड जोनमा यथावत राखी भारतलाई रेड लिस्टबाट हटाएको हो।

अब रेड जोनबाट हटेसंगै तोकिएको मापदन्ड पुरा गरि भारतीय नागरिकले बेला यतको यात्रा गर्ने बाटो खुलेको छ। बेलायतले कोभिडको रेड लिस्टमा अधिकांश मध्यपूर्व, दक्षिण एसिया र पूर्वी एसियाका मुलुकहरूलाई राखेको छ। नयाँ मापदन्ड अनुसार अब आइतबारदेखि बेलायत जानेले भारतीय नागरिकले अनिवार्य १० दिन कवारेन्टिन बस्नुपर्ने, दोस्रो र आठौं दिनमा कोभिड परीक्षण गराउनुपर्ने नियम लागु गर्ने भएको छ। त्यसैगरी स्वीटजरल्यान्डले भने पूर्ण खोप लगाएका नेपाली नागरिकले वैधानिक भिसामा स्वीटजरल्यान्ड यात्रा गर्न अनुमति दिएको छ।

खोप लगाएका नेपाली, बेलायती र भारतीयलाई कवारेन्टिन बिनै यात्रा अनुमति दिने कुरा स्वीटजरल्यान्डको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाकारी दिएको हो ।