काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय ५० रूपैयाँ रहेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।