फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने भएको छ । कोरोना सङ्क्रमणको जोखिम पुनः बढेको भन्दै यस्तो आदेश गरिएको हो । गत मङ्गलबार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा लम्ब्याउँदै कडाइ गर्ने निर्णय गरिएको हो ।

“अत्यावश्यकबाहेकका अन्य निजी एवम् सार्वजनिक सवारीसाधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ,” निर्णयमा भनिएको छ, “स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।” त्यसैगरी, रेस्टुरेन्टमा होम डेलिभरी प्रयोजनका लागि बेलुका ७ बजेसम्म सञ्चालन गर्नेलगायत आदेश गरिएको छ ।