काठमाडौं – युइएफए सुपर कपकको उपाधिमाथि चेल्सीले कब्जा जमाएको छ । बिहीबार बिहान भएको फाइनल खेलमा इङ्ग्याण्ड क्लब चेल्सीले स्पेनी क्लब भियारियललाई टाइबेकरमा ६–५ को गोल अन्तरले पछि पार्दै चेल्सी च्याम्पियन बन्न सफल भएको हो ।
आज बिहान विन्डोरस पार्कमा भएको खेलको ९० मिनेट र थप गरिएको अतिरिक्त समयको ३० मिनेटको खेल दुवै टिमले १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइवेकरमा पुगेको थियो । अन्तिम निर्णयको लागि भएको टाइबेकरमा ६–५ को जित निकाल्दै चेल्सीले उपाधि जित्न सफल भएको हो ।
खेल सुरुभएको २७ औं मिनेटमा चेल्सीका लागि हाकिम जियाचले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर चेल्सीले आफ्नो अग्रतालाई जोगाउन नसक्दा खेल टाइबेकरमा पुग्यो । खेलको उत्तरार्धको भियारियालका लागि ७३ औं मिनेटमा जेरार्ड मोरेनोले बराबरी गोल गरेपछि खेलले नयाँ रुप लियो ।
भियारियलका गोलकिपर सर्जियो असेन्जोले चेल्सीका काई हाभार्टको पहिलो पेनाल्टी नै बचाएका थिए । तर त्यसपछि चेल्सीले पोष्टमा प्रहार गरेको सबै पेनाल्टी गोलमा परिणत भएको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओलको अन्तिम प्रहार रोक्दै चेल्सीलाई जित दिलाए । त्यसअघि उनले अईसा मान्डीको प्रहार पनि रोकेका थिए ।