काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । हिजोदेखि आगामी साउन ३१ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट हो ।

तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिनुभयो । यसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६ सय ८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी रहेको तीन लाख ६८ हजार ५ सय ९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको भएको छ ।

आइपीओ जारी भएपछि कम्पनीको चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत समेत आइपिओमा आवेदन दिन सक्नेछन ।