काठमाडौं – पछिल्लो २ महिनाको अवधिमा डिम्याट खाता खोल्नेको संख्या भन्डै ४० लाख पुगेको छ । यस अवधिमा साढे ४ लाख भन्दा बढीले नयाँ डिम्याट खाता खोलेपछि ४० लाख पुगेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साउन २७ गतेसम्म ३९ लाख ८६ हजार २ सय ३५ जनाले डिम्याट खाता खोलेका छन् ।

धितोपत्र बोर्डले गत आर्थिक वर्ष सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ २७ गतेसम्म ३५ लाख ४९ हजार २ सय ४७ डिम्याट खाता सञ्चालनमा थिए । दुई महिना अर्थात चालु आ.व.को साउन २७ गतेसम्मको तथ्याङ्क अनुसार ४ लाख ३६ हजार ९ सय ८८ जनाले नयाँ डिम्याट खाता खोलेका छन् ।

त्यस्तै दुई महिनाको अवधिमा मेरो शेयर खाता प्रयोगकर्ताको संख्या पनि झण्डै ५ लाखले बढेको छ । चालु आ.व.को साउन २७ गतेसम्म सिडिएसको तथ्याङ्क हेर्दा ३० लाख ८१ हजार २ सय ७२ जना प्रयोगकर्ता छन् । गत आ.व.को जेठ २७ गतेसम्म मेरो शेयर खाता प्रयोगकर्ताको संख्या २६ लाख मात्रै थियो ।