गुल्मी – गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु भएको छ । इस्मा गाउँपालिका–४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चट्याङ लागेर अरु तीन जना गम्भीर घाइते भएका छन् । घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ वर्षकी रुपा नेपाली र ११ वर्षका किस्मत नेपालीको गुल्मी अस्पतालमा उपचारपछि थप उपचारको लागि पाल्पा पठाएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर सामान्य घाइते भएका अन्य ३ जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन् । बुधबार बेलुकी परेको चट्याङबाट स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।