काठमाडौं – लक्ष्मी बैंकले काठमाडौंको क्षेत्रपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखामार्फत् बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउने जनाएको छ ।

उक्त नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा सञ्जाल १ सय ३३ पुगेको जनाएको छ । बैंकले ४८ जिल्लामा १ सय ३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ६२ एटीएम, २ हजार ५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टमार्फत् बैंकिङ सो प्रदान गरिरहेको छ ।