रुपन्देही – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले आज एक सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको हो । उहाँले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

’संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपराह्न ३ बजेभित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।