काठमाडौं – साताको चौथो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक ० दशमलव ९४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ३ हजार १ सय ६२ दशमलव ५९ अङ्कले बढेको छ । यो हालसम्मकै उच्च अङ्क हो ।

नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ३८ अङ्कले घटेको छ । हिजोको तुलनामा कारोबार रकम पनि घटेको छ । हिजो १७ अर्ब माथिको कारोबार भएकोमा आज १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ ।