काठमाडौं – नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।