बर्दघाट – मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षकको मृत्यु भएको छ । नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते हुनुभएको थियो । हिनिरहेका बेला उहाँलाई मोटरसाइकलले ठक्कर दिएको हो ।

वाग्ले काठमाडौं बसुन्धाराका हुनुहुन्छ । उहाँ इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत रहँदै आउनु भएको थियो । वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठक्कर दिएको नवलपरासी प्रहरीले जनाएको छ ।

वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।