लुम्बिनी — विद्यार्थी सङ्गठनले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा आज तोडफोड गरेका छन् । एमबीएसको प्रवेशपरीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेशपरीक्षा फाराम खुलाएको विरोधमा विद्यार्थीले तोडफोड गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अखिल (छैटौं) र अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरूले क्याम्पसको प्रशासनिक भवनमा तोडफोड गरेका छन् । विद्यार्थी सङ्गठनले निकालेको संयुक्त विज्ञप्तिमा लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयविरुद्ध संयुक्त विद्यार्थी सङ्गठन आन्दोलनरत रहेको बताइएको छ । विद्यार्थीहरूले क्याम्पसमा भएको क्षतिको जिम्मेवार क्याम्पस सञ्चालक समिति हुने जनाएका छन् ।

क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायका अनुसार विद्यार्थीहरूले क्याम्पसको प्रवेशद्वारसँगैको पुरानो भवनमा रहेका लेखा शाखा र परीक्षा शाखामा विद्यार्थीले क्षति पु¥याएका छन् । विद्यार्थीहरूले कम्प्युटर र कुर्सी तोडफोड गरी महत्वपूर्ण कागजात समेत नोक्सान गरेका छन् ।