काबुल– अफगानिस्तानमा सरकारी सेना र तालिवानी लडाकुहरुबीच युद्धको चपेटामा त्यहाँका सर्वसाधारण नागरिकदेखि बालबालिकासम्म परेका छन् । हजारौं नागरिकहरु विस्ताथित भएका छन् । तालिवानीको पछिल्लो आक्रमणमा परी तीन दिनमा कम्तिमा पनि २७ जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी एजेन्सी युनिसेफले बालबालिकाविरुद्ध तीव्र गतिमा बढेको हिंसाले गम्भीर चिन्तामा पारेको जनाएको छ । अमेरिकीसहितका विदेशी सैनिक फिर्ता हुने क्रम जारी रहँदा अफगानिस्तानमा तालिबानले आफ्नो नियन्त्रण क्षेत्र बिस्तार गरेको छ । गएको शुक्रबार यता तालिवानी लडाकुहरुले अफगानिस्ताको ६ वटा प्रान्तीय राजधानीहरुलाई आफ्नो कब्जामा लिएको छ ।

तालिवानी विद्रोहीले देशको ६ वटा प्रान्तीय राजधानीलाई आफ्नो कब्जामा लिन सफल भएपछि उत्साहित भएका छन् । यसैकारणले पनि अन्तर्राष्ट्रिय स्तरबाट युद्धविरामको आह्वान गर्दासमेत तालिवानले युद्धविराम गर्न अस्वीकार गरेको छ । सरकारी सेना र तालिवानी विद्रोहीबीच भएकोे दोहोरो भीडन्तका कारण एक महिनाको बीचमा एक हजार जनाभन्दा धेरैले ज्यान गुमाइ सकेका छन् । पछिल्लो तीन दिनमा २७ जनाभन्दा बालबालिकाहरुले अकालमा ज्यान गुमाउनु भएको प्रति युनिसेफले हिजो सोमबार एक वक्तव्य जारी गर्दै अफगानिस्तानको द्वन्द्वमा बालबालिकाविरुद्ध हिंसा बढ्दै गएको जनाएको छ ।

तालिवानी विद्रोहीले पछिल्लो दिन दिनमा कान्दाहर, खोस्त र पाक्तिया प्रान्तलाई आफ्नो कब्जामा लिनेक्रममा भएको हिंसात्मक युद्धको चपेटामा परी कम्तिमा २७ बालबालिकाले ज्यान गुमाउनुको साथै १ सय ३६ जना बालबालिका घाइते भएको समाचार छ । संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी एजेन्सी युनिसेफले द्वन्द्वरत क्षेत्रमा बालबालिकाहरुको सुरक्षालाई ध्यानदिन युद्धरत दुवै पक्षलाई आग्रह गरेको छ ।