काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरेको छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो ।


स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतमका अनुसार आज दिन लागिएको कोभिसिल्ड भुटानी सरकारको सहयोगमा प्राप्त खोप हो । उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकाहरुलाई खोप लागिएको डा. गौमतले बनाउनु भयो । महाशाखा प्रमुख डा. गौतमका अनुसार जापान र भुटानबाट आएको खोप लगाइन थालिएको छ ।


काठमाडौं जिल्ला जन स्वास्थ्य कार्यालयले बताए अनुसार काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिएको हो काठमाडौंमा १ सय ४४ खोप केन्द्रमार्फत् कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइदै छ ।