काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि तोलामा १ हजार ४ सय ५० रुपैयाँले घटेको छ । आज बजारमा तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा काराबोर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।