काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी आज तेजाबी सुनको मूल्य समेत ५ सय रुपैयाँले घट्दै ९१ हजार रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घट्दै प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले नेपाल सुनचाँदी व्यवसायी जनाएको छ ।