लुम्बिनी – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गतेदेखि हुने भएको छ । लुम्विनी प्रदेशका विपक्षी गठवन्धन दलले मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सभा सचिवालयले विशेष अधिवेशनको मिति साउन २७ गतेका लागि तोकेको हो ।

प्रदेशसभा सचिवालयले आज बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशनको मिति तोक्नुभएको जानकारी दिएको छ ।

गत साउन १८ गते नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।