काठमाडौं –सनराइज बैंकले थप तीन ठाउँबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४, बयलकाँडामा ८२औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

त्यस्तै, गत साता कैलालीको जानकी गाउँपालिका–९, खैरीफाँटामा र कैलालीकै टीकापुर नगरपालिका–८, धनसिंहपुरमा पनि शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो । बैंकले बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका लागि एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।

उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध हुने जनाइएको छ ।