काठमाडौं – पपस्टार रिहाना आधिकारिक रुपमा अर्बपति बनेकी छन् । हाल उनी विश्वकै सबैभन्दा धनी गायिका बनेकी हुन् । १.७ बिलियन डलर कमाइसहित उनी आधिकारिक रूपमा बिलिनियर गायिका बनेको फोर्ब्स म्यागजिनले घोषणा गरेको हो । यद्यपि, उनको कमाइको प्राथमिक स्रोत सङ्गीत भने होइन ।

बार्बेडोसमा जन्मिएकी गायिकाको जन्मनाम रोबिन फेन्टी हो । १.७ बिलियन डलरमध्ये करिब १.४ बिलियन डलर फेन्टी ब्युटी कस्मेटिकबाट आएको फोर्ब्सले उल्लेख गरेको छ । फेन्टी ब्युटी कस्मेटिक्समा उनको ५० प्रतिशत लगानी रहेको छ । उनको अरू कमाइ भने सेभेज एक्स फेन्टी लञ्जरी कम्पनीको सेयर र अभिनय र गायनबाट आएको कमाइ हो ।

यसका साथै गायिका रिहाना दोस्रो धनी मनोरञ्जनकर्ता पनि बनेकी छन् । उनका दुई गीतहरु ‘अम्ब्रेला’ र ‘लव द वे यु लाई’ ओपरा विनफ्रेपछि दोस्रो स्थानसहित धनी महिला मनोरञ्जनकर्ता बनेकी हुन् । – बीबीसी