काठमाडौं – कोभिड १९ को महामारीका कारण सरकारले आमजनताको स्वास्थ्य रक्षाका लागि लगाएको बन्दाबन्दीले समग्र क्षेत्र धरापमा परेको छ । नाडाका उपाध्यक्ष करण चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालका लागि शुभकामना दिँदै कोभिड १९ का कारण सरकारले आमजनताको स्वास्थ्य रक्षाका लागि लगाएको बन्दाबन्दीले समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशील अवस्थामा पु¥याउन सरकारबाट विशेष पहल गरिदिन आग्रह गर्नुभएको छ ।

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले हिजो बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको थियो । भेटका क्रममा प्रधानमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै कोभिड १९ का कारण सरकारले आमजनताको स्वास्थ्य रक्षाका लागि लगाएको बन्दाबन्दीले समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशील अवस्थामा पु¥याउन सरकारबाट विशेष पहल गरिदिन टोलीले आग्रह गरेको हो ।

सो भेटघाट तथा छलफलमा केन्द्रीय कार्यसमिति सदस्य, सार्वजनिक सवारीसाधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायी ठूलो मर्कामा परेकाले उनीहरूको राहतका लागि सरकारले अन्य व्यवसायीलाई उपलब्ध गराउँदै आएजस्तै आर्थिक राहत व्यवसायीलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरेका हुन् ।

सो छलफलमा उहाँले वन तथा वातावरण मन्त्रालयले जिप, कार भ्यान र मोटरसाइकलमा युरो–टीएस–५ लागू गर्न लागेको विषय सराहनीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीलाई पर्याप्त समय उपलब्ध गराइदिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रहसमेत गर्नुभयो । छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सह–कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य दीपक अग्रवाल, एसोसिएसन सचिव सुरेन्द्र प्रधानलगायत सहभागी रहनु भएको थियो ।