काठमाडौं – नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त हुनुभएको छ । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा आजबुधबार मरासिनी नियुक्त हुनुभएको हो ।

यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुङ्गाना राष्ट्र बैंकको सञ्चालक हुनुहुन्थ्यो । ढुङ्गानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बन्नुभएको हो ।

सञ्चालक नियुक्त भएपछि मरासिनीले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मरासिनीले सर्वोच्च अदालतका तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।