काठमाडौं – सानिमा लाइफ इन्स्यारेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता अथार्त कुल निष्काशनको ५ प्रतिशत सेयर कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ ।

सानिमा लाइफको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । २० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।