काठमाडौं –नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापवाला सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार तेजाबी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।